Thursday, June 15, 2017

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यू

कोरियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यू

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार ०९:१७

बिकास पौडेल/सौल । दक्षिण कोरियामा फेरि एक नेपालीको मृत्यू भएको छ। सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने’होंजिन’नामक कम्पनीमा कार्यरत म्याग्दीका शिवकुमार कार्कीको निधन भएको समाजसेवी तथा त्यस क्षेत्रका भाषा अनुवादक उमेश बस्नेतले नयाँ दैनिकीलाई बताए।

बस्नेतका अनुसार ९ महिना अघि यहाँ आई कार्यरत कार्की हिजो सुतेको तर आज बिहान ८ बज्दा पनि ढोका नखुलेपछि साहुले झ्यालको लग तोडेर खोलेर हेर्दा मृत अवस्थामा फेला परेका थिए। २७ बर्षिया उनि अविवाहित भएको बताईएको छ। उनको कोठामा केहि औँषधी भेटिएको थियो। यसबाट उनि बिरामी रहेको अनुमान गर्न सकिने अवस्था देखिएको बताईएको छ।


उनको मुत्यु भएको बारे जानकारी आएको म्याग्दी समाज कोरियाका अध्यक्ष लोक बानिँयाले बताए। उनले यस्ता घटनाले म्याग्दी समाज र पुरै कोरियाबासी नेपालीहरू स्तब्ध भएको बताए।

घटनाको नेपाली दूतावासले समेत पुष्टि गरेको छ ।उपनियोग प्रमुख किरण शाक्यले घटनाबारे जानकारी आएको बताएका छन्।