Wednesday, May 31, 2017

फेशबूकमा लाईक गरेको भन्दै एक पुरुषले आफ्नी श्रीमतीको योनि "ग्लुले "टालिदिएपछि

१८ जेष्ठ काठमान्डौ एजेन्सी
,सुन्दा अचम्म लाग्छ फेसबूकमा लाईक गरेकै भरमा यस्तो होला र ? तर यस्तै  घटना घटेको छ ।कतारका एक ३३ बर्षीय पुरुषले आफ्नी श्रीमतीको गुप्तांग टालिदिएका छन् । त्यी पुरुष  त्यतिबेला अदालतमा हाजिर हुन पर्यो जतिबेला उनकी श्रीमती अस्पतालमा ईमरजेन्सी भर्ना भएकी थिईन ।त्यी पुरुषले अदालत सामु आफ्नी श्रीमतीलाई ग्लुले योनि टालिदिएको स्वीकार गरेका  छन् ।श्रीमतीले उनका १२ बर्षाका भान्जाको फेशबूकमा लाईक गरेको कारण यसो गरेको बताएका छन् ।

श्रीमतीको दिमागमा अनैतिक सोच आएको हुनसक्ने भन्दै आफु अफिसको कामले विदेश जानपर्ने भएको कारण श्रीमतीले कसै संग शारीरिक सम्बन्ध नराखोस भन्दै योनिमा ग्लुले टासिदिएको बताएका छन् ।दोहा अदालतका न्यायधिस बिन सादेनले त्यी पुरुषले आफ्नी पत्निमाथी गलत ब्यबहार गरेको तर उद्देश्य गलत नभई तरिका गलत भएको बताएका छन् ।
त्यी पुरुषले अदालतमा प्रमार्ण स्वरूप पत्नीको एउटा तस्बिर पेश गरेका छन् जुन तस्बिर  उनकी पत्नीले फेशबूकमा अपलोड गरेकी थिईन, जहा बुर्काले एउटा हिल छोपेको र अर्को हिल प्रस्टै देखिएको छ जुन इस्लाम धर्मलाई उलंघन गरेको ठहर भएकोछ । अदालतका न्यायधिसले इस्लाम धर्मलाई तोडेको ठहर गर्दै उक्त महिलालाई १०० कोर्रा सजाय सुनाएका छन भने  उनका श्रीमानलाई योनि टालिदिए बापत १० हजार अमेरिकी डलर जरिवाना तोकेको छ ।

पर्दामा दीपेन्द्र र देवयानीको प्रेमकथा, प्रदीप बन्नेछन् दीपेन्द्र

पूर्वराजा दीपेन्द्र शाह र देवयानी राणाको प्रेमकथा धेरथोर सबैलाई थाहा छ । एक समय उनीहरुको प्रेमले राजदरवारमा समेत ठूलो भूकम्प ल्याएको थियो । यति सम्मकी दीपेन्द्रको विवाह देवयानीसँग गर्न राजपरिवार तयार नभएपछि उनले दरबार हत्याकाण्ड मच्चाएको खबर पनि यसअघि बाहिर आइसकेको छ । तर, यसको यर्थाथ भने अहिलेसम्म सार्वजनिक भएको छैन् । विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्रलाई नेपालको १३ औं राजा घोषणा गरिएको थियो । तर, राजा घोषणा गरिएको तेस्रो दिनमा नै उनलाई मृत घोषणा गरियो । योसँग उनको प्रेमकथाको भित्री पाटो पनि बाहिर आउन पाएन । विभिन्न पुस्तक र लेखहरुमा राजा दीपेन्द्र र देवयानीको प्रेम प्रशंगलाई धेरथोर कोट्याइएको छ । तर, अब दीपेन्द्रं शाह र देवयानी राणाको प्रेमकथामा आधारित भएर नेपाली फिल्म नै निर्माण हुने भएको छ । 
 
विवेक कुमार शाह द्धारा लिखित पुस्तक 'मैले लेखेको दरवार' मा कोरिएको राजा दीपेन्द्र र देवयानी राणाको प्रेमकथाको पाटोमा आधारित भएर फिल्म 'दीपेन्द्र सरकार' बन्ने लागेको हो । यो फिल्ममा पूर्वराजा दीपेन्द्रं शाह र उनकी प्रेमिका देवयानी राणाको प्रेम प्रशंगलाई मात्र जोडिनेछ । यो फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरियो । ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा 'प्रेमगीत' नायक प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाहा गर्नेछन् । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेमकथालाई नै आधार बनाएर फिल्म बनाउन लागेको बताए । यो फिल्मको बजेट ५ करोड ५० लाख रहने बताइएको छ ।
 
यो फिल्मको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो फिल्मका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए । कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले फिल्मका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको फिल्म बनाइनेछ । देवयानीसँग प्रेममा रहँदा राजा दीपेन्द्रले लेखेका गीतहरु नै फिल्ममा समावेश गरिनेछ । 
 
राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रको ३ जुन, २००१ मा २९ बर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, राप्रपाका नेता अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् देवयानी । १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।

सहमतिको म्याद गुज्रियो, अब बहुमतीय प्रक्रियाबाट सरकार

१८ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि आन्तरिक तयारी थालेका छन् ।
संसद्मा आफ्नो पक्षमा बहुमत पुग्नेमा कांग्रेस ढुक्क छ । देउवाले बुधबार साँझ आफूनिकटका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको सात दिनको समय बुधबार मध्यरात सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले सभामुखलाई प्रधानमन्त्री निर्वाचनका लागि बहुमतीय प्रक्रिया सुरु गर्न पत्र पठाएपछि कांग्रेसले औपचारिक रुपमा दलहरुसँग छलफल गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अायाे असार १४ को निर्वाचन तालिका

१७ जेठ, काठमाडौं ।
निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही अनुसार कार्यतालिका परिमार्जन गरी सार्वजनिक गरेको हो ।
आयोगले अव असार २ गते उम्मेदवार मनोनयन गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ आयोगको  विज्ञप्ती:
मिति २०७४।०२।१७ 
काठमाडौं, जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको आज बुधबार बसेको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो । 
प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने छ । 
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो । 
दोस्रो चरणको स्थानीय तह निर्वाचनको विस्तृत निर्वाचन कार्यक्रम यसैसाथ संलग्न छ ।

Nepal Idol, Full Episode 9, Theater Round Official Video


काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते घाइते नेपालीहरु सुरक्षा गार्ड रहेको जानकारी

१७ जेठ, नयाँदिल्ली ।

 अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन, हामीले आफगानिस्तानमा सम्पर्क गरेर थप विवरण लिने प्रयास गरिरहेका छौं ।’
पुस्करका अनुसार घटनाको यकि विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ । तथापि पाँच नेपाली घाइते भएको भन्ने सम्म परराष्ट्र मन्त्रालयमार्फत दूताबासलाई खबर आएको छ ।
घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।
अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक कार्यमा सहभागी हुँदै आएका छन् । उनीहरु पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् ।
अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ ।
दूताबासको क्षेत्राधिकार हेरफेरका कारणले पनि सूचना लिन कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।
बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।

Tuesday, May 30, 2017

 १६ जेठ २०७४काठमाडौं : 
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई 'प्रबल जनसेवा श्री' पदक दिने निर्णयको कडा आलोचना गरेका छन्। 


काठमाडौं महानगरमा जित हात पारेपछिको विजय सभामा ओलीले सोधे – 'प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?'
ओलीले 'डाडु पन्यौ आफ्नो हातमा भएको बेला प्रधानमन्त्री पुत्रलाई समाजसेवीको रुपमा प्रसिद्ध जनसेवा श्री पदक दिइएको बताए। 

'यो देशमा सम्मान गर्ने कांग्रेस र माओवादी बाहेक कोही छैन?', ओलीले भने, 'सम्मानमा शरम व्यक्त गर्नुपर्ने। आफ्ना गुरिल्लालाई सम्मान। प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ?'

उनले प्रधानमन्त्रीलाई लोकलाज राख्न सल्लाह समेत दिए। 'सार्वजनिक पदमा बसेपछि मर्यादा राख्नुस्। छोरालाई पुल्लपुल्याउनुस् तर यो त राज्यको ढुकटी र राज्यको तक्मा पदकको अपमान हो,' उनले भने। 

उनले पदक वितवरणलाई एमालेले अपमानको व्यवस्था भन्दै अस्वीकार गर्ने बताए। 'म सोध्न चाहान्छु प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन्? जसले देशका लागि के गरे?'

गणतन्त्र दिवसको अवसरमा सरकारले प्रकाश दाहाललाई प्रवल जनसेवा श्री मानपदवी दिने निर्णय गरेको थियो। तर प्रकाश दाहालले भने पदक नलिने घोषणा गरिसकेका छन्।

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटनाः पाइलटको मृत्यु, दुई घाइते

१६ जेठ, काठमाडौं । 
  बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज सिमिकोटमा हावाको बहाव बढी भएपछि बाजुरा डाइभर्ट भएको थियो ।
तर, कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ । दुर्घटनापछि विमानमा आगो पनि लागेको थियो ।
तर, विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोलीले स्थानीयको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।
विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।
सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

Monday, May 29, 2017

चुनावी तालमेल उपलब्धीहीन भएको एमाले निष्कर्ष, दोस्रोमा एक्लै भिड्ने

१६ जेठ, काठमाडौं । 
एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ ।
पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको आजको नागरिक दैनिकमा खबर छ । कांग्रेससँग मुख्य प्रतिष्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।
‘पहिलो चरणको गठबन्धन प्रभावकारी बन्न सकेन, त्यसको विभिन्न कारण होलान । समीक्षा हुन्छ,’ एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो । आमरुपमा एक्लै लड्छौं ।’
उनले स्थानीय तहको आवश्यकता आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए ।

पोइल गएकी श्रीमतीलाई पत्र (अडियो सहित )

पोइल गएकी श्रीमतीलाई पत्र

हरि प्रसाद अर्याल काठमान्डौ नेपाल हाल : -साउथ कोरिया

 (काल्पनिक पत्र कसैको वास्तविक जिबन संग मेल खान पुगेमा त्यो केवल मात्र संयोग हुनेछ)

 निष्ठुरी पूर्व श्रीमती
          सम्बोधन गर्ने शब्द धेरै थिए तर तिमीलाई ति शब्दले सम्बोधन गरिराख्नु जरुर ठानेन पत्र नलेखी नहुने भएर मात्र लेख्दैछु | सन्चो बिसन्चोको कुरा त अब के सोधाई भो , अनि मेरो हालत यस्तो उस्तो छ भनेर भनु भने तिमीलाई सुन्ने फुर्सद मिल्दैन होला | आजका दिन सम्म त बाचेकै छु पलपल मरेर दुनियाको मुख बाट नामर्दको बिल्ला भिरेर | एउटी आइमाई समाल्न नसक्ने हुतिहारा नामर्द यस्तै गाइगुइ छ गाउमा | लाग्छ अब यो बस्तिनै मायाको उपहार सम्झेर त्यागेर नया दुनियामा बसी सरु , जहाँ मलाई नाचिनुनकी नामर्द भनेर | वास्तबमा एउटी नारीलाई फ्री छोडिदियो भने कि त त्यसले राम्रो काम गरेर नाम कमाउछे कि त कामै नलाग्ने गरि बिग्रदो रैछ भनेर भनु भने नारी जातिलाई नै अपमान गरेको ठहर्नेछ ,तिमि एक पर्तिनिधी पात्रमात्र होउ जो आफ्नो देवता जस्तो श्रीमानलाई लत्यायर जाने | आज मा जस्ता हजारौ पतिहरु नामर्दको बिल्ला भिर्न बाध्यछन् |एकपटक सम्झिन मन लाग्यो त्यो पल जतिबेला हामी कलेजमा पहिले पटक भेट भएका थियो | समय बित्दैजादा हामी साथीबाट धेरै माथि प्रेमी -प्रेमिका भयौ | बिहे गर्ने बेलै भाको थिएँन तिम्रै करकापले बिहे भो ,कारण थियो घरमा तिमीलाई कतारको लाहुरे संग बिहे गरिदिने पक्का पक्कि | त्यो बेला मैले भनेकै थिए म गरिब छु जे पनि हुन सक्छ ,भोलि तिमी पछुताउन नपरोस | तिमि १८ बर्षे बैशले पग्लेकी थिएउ या मेरो मायामा पागल भै बाबा आमाले रोजेकोलाई छोडी म संग घरबार जोडेउ | भनेकै हो भोलि गार्हो सार्हो पर्यो भने छोड्न पाउदैनौ | बाग्लुङ्ग कालिकालाई साची राखी लगनगाठो कसी जुनी जुनी साथ दिने बाचालाइ आज बोरामा हालेर नालीमा मिल्कायौ | दिन राम्रै संग बितेको थियो तिम्रो हरेक चाहना पुरा गरेकै थिए भौतिक देखि शारीरिक सम्म | बिहे भाको ५साल सम्म नि तिमि नानीको आमा हुन सकेनौ म बाबु हुन सकेन सबै चेकजाझ पछि थाहा भो म बाउ बन्न नसक्ने रहेछु | त्यो दिन नै मेरो मनको धरहरा ढलेको थियो ,म कहिलै उठ्ने नसक्ने गरि लडे, छाँगा बाट खसे ,आकाश खस्यो मलाई थिच्यो ,दलदलमा भासिए निस्कन नसक्ने गरि | लाग्थ्यो धमिराले खोक्रो परिसकेरैछ | आखा जुधाएर तिमीलाई हेर्न सक्ने हिम्मत आएन | सोचे मेरो जिन्दगि सकियो अब म बाट तिमीले कुनै सुख प्राप्त गर्न सक्दैनौ ,हरेक आइमाईलाई आमा बन्न मन लाग्छ त्यो खुबी मैले दिन सकेन, मेरो दोस के नै थियो र भगवानले नै मेरो खुसि हरे पछि | नुन खाएको कुखुरा जस्तै झोक्रिनबाहेक अरु केहि छैन ,मेरो अब कामै छैन | युद्दको मैदान छोडे झैँ भयो | पत्रपत्रिका टेलिभिजन रेडियोले फुक्ने बिज्ञापन सुने सम्म को ठाउमा धाए कतै भएन | जाय जेथा सकियो तर म बाउ बन्न सकेन |

        अन्त्यमा तिम्रै आदेश अनुसार मा विदेश भासिए बाउ बन्न खोज्दा लागेको ऋण तिर्नको लागि | हो पूर्व पत्नी तिम्रै सल्लाह अनुसार त मा दुवै को चर्को घाम खान गए | बाउ बन्न नसके पनि म मा रहेको बैशलाई कैद गर्दै दुबैको गर्मि खादै तिमीलाई सम्झिदै दिन बिताए | कति रात नदिदाई उज्याला पारे | जवानी पत्नी छोडेर परदेशी हुने रहर कसैको हुदैन के गर्ने मायाले पेट भरिने रैनछ | एकातिर तिमीले मेरा कारण पाएका दुख सम्झिदा आफैलाई दिक्क लाग्थ्यो | बाउआमाको किचकिच बाझी आइमाई भनेर तिमीलाई देख्दा साइत पर्दैन भन्ने देखि धेरै टाढा पोखरामा डेरा लिएर राख्नु नै मेरो भुल रैछ अहिले महसुस गर्दैछु पूर्व पत्नी |तिमि पोखराको हावापानीमा रमाउन थालिछौ म चै टेस्टट्युब बेबीको सोचाइमा हराए | मलाइ तिमि खुसि भाको हेर्नु थियो दिनरात ,घामपानी नभनी पैसा कमाउन थाले सपना थियो तिमीलाई गाउमा बाझी भन्ने हरुलाई मेख मारिदिने | बाझोपन कसको हो भन्ने नबुझी तिमीलाई आरोप लगाउनेलाई के थाह तिमि आमा बन्न सक्छौ म बाउ बन्दैन भन्ने | तिमि आफैले स्विकार गरि मेरो इज्जेत ढाकि दिदा मुटुमा धेरै चोट लागेको थियो |मैले चाहेर पनि भन्न सकिन त्यो नै ठुलो भुल भयो | दिन सदै एकै नास नहुने रैछ पूर्व पत्नी मेरो सपना गर्बमै तुहिन पुगे |मलाई के थाहा पोखराले मेरो घरबार भत्काइदेला भन्ने |गाइगुइ हल्ला चल्न थालेछ कि फलानी को चक्कर छ नाठो झुलाउछे रे ,तर म रे'को पछि लागेंन | त्यो सुन्दा तिमीलाई शंका नगरेको होइन एकातिर जवानी अर्कोतिर बाझो पोइको जोइ हुनुभन्दा पोइला जानु बेस ठानी यस्ता यस्तै | मेरो कमाइमा अर्कैलाई मस्ती भएछ |मेरो नामको चुरा पोते सिन्दुर भिरेर अर्कै संग रासलीला मच्चिदै रैछ | जब घरबेटी बाजेले सबै कुरा फोनमा भने आजै बिहान भागेर गई यस्तो खबरले चर्को घाममै ढल्न पुगेछु | तिमीले अन्तै घरबार जोडेको सुन्दा ,होस् आउदा दुबैको अस्पतालमा थिए ,लाग्थ्यो अब सुसाइड गर्छु अनि काठको बाकासमा जान्छु |तर सकेन म बाच्ने निर्णय गरे तर कसका लागि त्यो थाहा भएन |डिप्रेशनको शिकार भै औसधिको साहारामा पागल सम्म भएन |लाग्थ्यो नेपाल जान्छु अनि तिमि र मेरो घर भत्काउने लाइ काटेर नालीमा फ्याकिदिन्छु |मनमा इगो थियो बदलाको भावना उत्तिकै |त्यो दिन तिमीले दोश्रो बिहे गरि हनिमून मनाउना गाको खबर सुन्दा कति जले म, मरे तुल्य भै |कति पटक फोन गरे कि यो झुट साबित होस् भनेर मोबाइल स्विच अफ फेश्बुक हेरे पास्वोर्ड चेन्ज मलाई ब्लक गरि रैछौ | पूर्व पत्नी मैले त्येतिबेला सोचे अब खाडीमा जीवन कसका लागि बिताउ नत अर्को बिहे गरेर बाउ हुन सक्छु नत पैसा कमाइ खुसि किन्न सक्छु |
      नेपाल हानिए ,म खासमा तिमि अनि त्यो जार भनाउदो लै छप्काउने योजना बनाई | पोखराका गल्लि गल्लि हल्ली हल्ली हिडे सधै नशाको साथमा मुन्छे हरु मलाई पागल भन्थे |गाउको एक जना भाइ संग भेट भो जसलाई तिमीले मेरो नामको सिन्दुर टिका पोते अनि सानो पत्र छोडेर गाकी रैछौ |त्यी भाइको साहारामा मैले तिमि र मेरो जार बस्ने डेरा पत्ता लगाए | हो पूर्व पत्नी म संग साथमा खुकुरी थियो तिमीहरुलाई सिद्धाइदिन गाको थिए | सम्झे मन ज्यान टाढा भएपछी मन टाढा हुँने मा मात्रै छैन धेरै छन् म जस्ता जो आफु मैनबत्ती झैँ पग्लेर अरुलाई उज्यालो दिएकाछन | मर्छु या मार्छुको खेलमा हिडेको मान्छे अफसोच तिमिलाइ आक्रमण गर्न सकेन जुन खुसि मा बाट पुन सकेकी थिएनौ त्यो अर्कै बाट पाकी रैछौ | तिम्रो पेटमा उसको नासो हुर्किदै रैछ तर पनि तिम्रो मन खसी थिएन | मैले बुझेको थिए केवल सन्तानको लागी खुसि भएको नाटक थियो किनकि म बुझ्छु मैले तिमि संग ५ साल बिताएको छु ,तिमीले आ गरे आलंकार बुझ्न सक्छु |तिमीलाई देखे पछि दया लागेर आयो जो संग नया घर जोड्न पुगेउ त्यो मान्छेको वास्तविकता सुनेर |दिनहू झगडा, तिम्रा अनुहारका निलडाम मा सहन सकेन |पूर्व पत्नी त्यो देख्दा मलाई फेरी अंगालो हाली रुन मन लागेको थियो | अनुहार मा रस थियन सबै गुमिसकेछ रस चुसेर भमरा डिस्को र डान्स बारका केटि खेलाउने मेरो जारलाई परमधाम पुराउने चाहना थियो तर तिमीलाई बिधवा को रुपमा देख्न चाहेन | पूर्व पत्नी केहि समय मलाई कुर्न सकिनौ बिछोडको पल सहन नसकी प्रेम बिबाहलाइ लात हानी हिडेउ | भन न के अहिले त्यो संग खुसि छेउ? एउटा ढुंगाको मुर्तिलाई भगवान ठानी हजार कोपिला हरु चुडिदिएउ |तिम्रा लागि के गरेन मैले पूर्व पत्नी बा आम त्यागे जवानी खाडिमै सके अन्त्यमा मलाई आशु उपहार दिएउ ,गाउभरि एउटी आइमाइ लाइ समाल्न नसक्ने नामर्द भन्ने हल्ला छ | अहिले मुख मा मास्क लगाई कानमा ठेडी हाली गाउमै दिन काटेको छु अब चाहना छैन पूर्व पत्नी दोस्रो बिहे गरि टेस्ट ट्युब बेबीको |
        अन्त्यमा भिरमा जाने गाइ लाइ राम राम भन्न सकिन्छ काध हाल्न सकिने रैनछ ,र छाती ठोकेर भन्न सक्छु मेरो जस्तो चोखो माया गर्ने पति यो संसारमा पाउने छैनौ | पूर्व पत्नी तिम्रा बाकि दिन हरु सहज हून ,जो संग खुसि हुन गएकी छौ उसलाई कसरि हुन्छ आफ्नो बहुपासमा राख्नु साढे छोडेको बर गोरुझैँ नबनाऊ | त्यो स्त्री लम्पट छ उसलाई भरपुर शारीरिक सुख दिनु अन्यथा घर न घाटको हुन पर्ला |म अझै पनि तिमीलाई दोष दिन्न दोषी त मेरै कर्म हो पूर्व पत्नी अनि दोषी हो नेपाल सरकार र चोर नेताहरु जसले म जस्ता लाखौ युवालाई बिदेश जान बाध्य पारेको छ र रेमिट्यान्सले देश धानी हजारौको घरबार भत्काइदेकोछ | म बाउ बन्न सक्ने भाको भए यो सब हुने थिएन |

                                                                                           उही तिम्रो पूर्व पति हरि प्रसाद अर्याल

अडियोको लागि यहाँ क्लिक गर्नुहोस 



मानपदवीमा भागशान्ति ! पहुँचवालालाई पदक

१५ जेठ, काठमाडौं । 
सत्तारुढ दलहरुबीच भागवण्डा गरेर सरकारले मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । अलंकार र पदक पाउनेको सूचीमा पनि पहुँचवाला नै हाबी भएका छन् ।
  गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ ।
यो वर्ष दुई ठूला पदक कांग्रेसका नेताहरुलाई मरणोपरान्त प्रदान गरिने भएको छ । नेपालको सर्वोच्च विभुषण प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ । उनी कांग्रेसका संस्थापक नेता हुन् ।
राष्ट्रगौरव मानपदवी मरणोपरान्त महेन्द्रनारायण निधिलाई प्रदान गरिने भएको छ । उनी नेपाली कांग्रेसका नेता एवं वर्तमान उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका पिता हुन् ।
गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् । कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिएको थियो ।
यो वर्ष महाउज्ज्जल राष्ट्रदीप मानपदवी ५ जनालाई प्रदान गर्ने निर्णय भएको छ, जसमा कांग्रेसका दुई दिवंगत नेता छन् । कांग्रेसकी नेतृ स्व. नोना कोइराला, स्व. शेख इद्रिसलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै माओवादीका नेताहरु अमिक शेरचन र बर्मन बुढासँगै स्व. रामकुमारी यादवलाई महाउज्ज्जल राष्ट्रदीप मानपदवी प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
यो वर्ष प्रसिद्ध प्रवलजनसेवाश्री मानपदवी ८ जनालाई प्रदान गर्ने निर्णय भएको छ । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।
सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरुमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई पनि चितवनका समाजसेवीका रुपमा यो मानपदवी प्रदान गरिने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय भएको छ ।

भरतपुरमा पुनः मतदान एमालेलाई अस्वीकार्यः ओली




१५ जेठ, काठमाडौैं
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।
 एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेका हुन् । सत्ता पक्षले पुनः मतदान गराउने गरी षडयन्त्र गरेको दाबी गर्दै ओलीले पुनः मतदान एमालेलाई मान्य नहुने बताए ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले पुनः मतगणना गराउने तमासा र अपराधजन्य कार्यलाई प्रोत्साहन गर्ने कुनै पनि कार्यमा आफनो पार्टी सहभागी नहुने बताए ।
आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । अध्यक्ष ओलीले एमाले पुनः मतदानको पक्षमा नभएको र यसको असर अर्को निर्वाचनमा पर्न नदिन पनि सचेत रहेको बताए ।
एमाले अध्यक्ष ओलीले सरकार दोस्रो चरणको निर्वाचन नगराउने अर्को षडयन्त्रमा लागि परेको आरोप समेत लगाए । निर्वाचनको मिति सार्ने बहाना गरेर सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नदिने खेल खेलिरहेको उनको दाबी छ ।

दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

१५ जेठ, काठमाडौं। 
  दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गतेका लागि सरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।



आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।

Sunday, May 28, 2017

बालुवाटार बैठकमा सकारात्मक संकेत,एमाले र राजपा दुवै लचकता अपनाउन तयार

 १५ जेठ २०७४ 
काठमाडौँ : सत्तारुढ दल, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दल राजपाबीच बालुवाटारमा आज सौहाद्रपूर्ण वातावरणमा वार्ता भएको छ। यसअघि आपसमा आरोप प्रत्यारोपमा उत्रने नेकपा एमाले र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच पनि सकारात्मक र सम्मानपूर्ण शैलीमा कुराकानी भएको छ। 

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपासहितका राजनीतिक शक्तिलाई लिएर मात्र चुनावमा जानुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय जनता पार्टीले लचकता अपनाउनुपर्ने बताएका थिए। 

'एउटा राजनीतिक पक्षलाई छोडेर चुनावमा जानका लागि सरकारलाई अप्ठेरो भयो, सरकार राजनीतिक शक्तिलाई पन्छाएर चुनावमा जाने पक्षमा छैन,' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने, 'त्यसका लागि अहिले के-के सम्भव हुन्छ गरौँ, अहिले सम्भव नभएका विषय प्रमुख प्रतिपक्षसहितबाट कमिट्मेन्ट गरौँ र त्यसलाई सबै मिलेर पूर्णता दिउँ।' 

प्रधानमन्त्री दाहालले बैठकमा केही दिन चुनावको मिति पछि सारेर भए पनि चुनावमा सबैको सहभागिता जुटाउन पर्ने बताएका थिए। 
त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा जस्तो खस्रो जवाफ नदिएर मन माझ्ने प्रयत्न गरेका थिए। 

'हामीलाई राजनीतिक रुपमा बाइपास गर्ने प्रयास भएजस्तो अनुभव भएको छ, किनभने संविधान संशोधनको प्रस्ताव संसदमा लगिसकेपछि मात्र प्रधानमन्त्री र शेरबहादुरजी यसमा एमालेले पनि भोट हाल्छ, हाल्नुपर्छ भन्नुहुन्छ,' ओलीको भनाई उदृत गर्दै यादवले भने, 'संविधान गतिशील दस्तावेज हो भनेर हामी भनिरहेका छौँ भने औचित्यका आधारमा हामीसँग पनि छलफल गरे त हामी पनि त्यसलाई हुनै नदिने पक्षमा त छैनौँ नि।' 

उनले राजपा चुनावमा सहभागी हुनु आवस्यक रहेको भन्दै त्यसलाई सुनिश्चित गर्न एमाले लचक हुन तयार भएको बताएका थिए। 

'प्रधानमन्त्रीज्यू आजै फास्ट्ट्रयाक उद्घाटन गरेर आउनुभएको छ, उहाँहरुलाई चुनावमा ल्याउन पनि ऐन कानुनमा कुनै संशोधन गर्नुछ भने फास्ट्ट्रयाकमै गरौ,' ओलीले व्यङ्ग्यात्मक शैलीमा भने, 'त्यसका लागि बाँकी दुई तीन दिन छ, त्यस अवधिमा गर्नसक्ने जति काम गरिहालौँ।' 
उनले चुनावको मिति सार्ने बाहेकका सहमति गर्नुपर्ने भन्दै चुनाव सारे असारमा मौसमकै कारण प्रभावित हुनसक्ने बताएका थिए। 

जवाफमा देउवाले व्यङ्ग्यात्मक शैलीमै मौसमविद्को सल्लाहमा काम गर्न प्रस्ताव गरेका थिए। 'मौसमको मात्र चिन्ता नगरौँ, मौसमविद्लाई सोधेर पानी नपर्ने दिनलाई नै चुनावको मिति तोकौँ,' देउवाले भने, 'मौसमको चिन्ता भन्दा पनि राजनीतिक वातावरण सुध्रियो भने सबै कुरामा सुधार आउँछ।' 

उनले ओलीलाई पहिला राजनीतिमा विश्वासको वातावरण आवश्यक भएको बताएका थिए। 

देउवाले त्यसो भनेपछि राजपा नेता राजकिशोर यादवले ग्लोबल वार्मिङको असरले असारमा पानी पर्न कुनै ग्यारेन्टी नरहेको भन्दै समस्या समाधान भए मौसमले चुनाव नरोक्ने बताएका थिए। 

राजपाका तर्फबाट भने अध्यक्ष महन्थ ठाकुरले नै आफ्ना धारणा राख्दै आश्वासनको भारीले आफूहरु थकित  भएको बताएका थिए। 'हामी त राजनीतिक समस्याको गाँठो फूकाएर चुनावमा जाने पक्षमा छौं र हामीलाई पनि चुनावमा जाने वातावरण बनाइदिनुस् भनिरहेका छौँ,' ठाकुरले भने, 'अहिले सत्तापक्ष प्रतिपक्षमा रहनुहुने तपाईँ नेताहरुले नै गरेको सहमति अनुसार अघि बढिदिनुस्, हामी चुनावमा जान सँधै तयार नै छौं।' 
उनले आश्वासन धेरै पटक पाइसकेको भन्दै अब त्यसको भरमा विश्वास गर्न सक्ने अवस्था नरहेको बताए। 

'हामीले धेरैपटक आश्वासन पाइसकेका छौँ, तर यसपटक आश्वासनका भरमा मान्ने अवस्थामा पनि छैनौँ,' ठाकुरको भनाइ उद्धृत गर्दै यादवले भने, 'त्यसैले अब तपाईँ लचिलो छौँ भनेर मात्र हुन्न। के-के गर्नसक्नु हुन्छ गरिहाल्नुस्, त्यपछि हामी हाम्रो अधिकतम लचकता प्रदर्शन गर्नेछौं।' 
मोर्चा र प्रतिपक्षको कुरा सुनिसकेपछि उपप्रधानमन्त्री समेत रहेका विजय गच्छदारले प्रतिपक्षलाई विषयगत लचकतासँगै चुनावको मितिमा पनि थोरै लचकता देखाउन आग्रह गर्दै अहिलेको समय राजपालाई सम्बोधन गर्न पर्याप्त नभएको बताएका थिए। 

'जतिसकै फास्टट्रयाकमा काम गरेपनि अहिलेको दुई तीन दिनमा ऐन संशोधनसहित राजपालाई सहमतिमा ल्याउन सम्भव हुँदैन र राजपालाई बाहिर राखेर चुनावमा जान पनि हुँदैन,' गच्छदारले भने, 'त्यसैले प्रतिपक्षले पनि केही दिनका लागि लचकता देखाउनुहोस्, राजपाका साथीहरुले पनि देखाउनु नै हुनेछ।' उनले त्यसका लागि केही दिन म्याद पछि सार्ने र ऐन कानुनका विषयमा फास्टट्रयाकमै संशोधन गर्ने बताएका थिए। 

अन्त्यमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षसहितको राजपाको सहभागितामा अहिले तत्काल गर्न सकिने जति काम चार पाँच दिनभित्रै सकेर त्यति नै मिति पनि पछि सार्ने र चुनाव एकसाथ गराउने भन्दै त्यसका लागि मानसिक तयारी गर्न सत्तारुढ, प्रतिपक्ष र राजपालाई तयार रहन आग्रह गरेका थिए। 

प्रधानमन्त्रीको समापनमा एमालेले कुनै प्रतिक्रिया नजनाएको भन्दै मौन स्वीकृत सहमतिका लागि सकारात्मक हुनसक्ने राजपाका नेताहरुले बताएका छन्।  

आजको बैठकमा प्रधानमन्त्रीसहित सत्तारुढ दल कांग्रेस र  माओवादीका नेतासहित एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल सुवास नेम्वाङ सहभागी थिए भने राजपा अध्यक्ष मण्डलका नेताहरु सहभागी थिए।

स्वास्नी पोइल गई


निखिलको फिल्ममा बलिउड स्टार- सिक्सटि हावर्स


यस्तो छ भरतपुर महानगरपालिकाको ताजा अपडेट

चितवन, जेठ १४ – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । तर मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा उहाँको अग्रता घटिरहेको छ । 
अन्तिम २ वटा वडाको मतगणना चलिरहँदा ज्ञवाली नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल भन्दा ७ सय ६४ मतले मात्र अघि हुनुहुन्छ । 
अहिलेसम्म ज्ञवालीको ४१ हजार २ सय १ मत छ भने दाहालले ४० हजार ४ सय ३७ मत पाउनुभएको छ । अहिले १९ नम्बर वडाको मतगणना भैरहेको छ । अब ५ हजार ५ सय ६२ मत गन्न बाँकी छ ।

कांग्रेस–माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिएनन् ।

जेष्ठ १४, २०७४- 
प्रमुख विपक्षी एमालेसँग महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको बताइए पनि सत्तारुढ दलले स्थगनमात्रै गरेका छन् । महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले संसद सचिवालयलाई पत्र लेख्दै प्रस्ताव अघि नबढाउन आग्रह गरेका छन् । विश्वकर्मा र बस्नेतले संयुक्त पत्र लेख्दै ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनगर गर्दै प्रस्ताव अघि नबढाउन अनुरोध’ गरेका छन् ।
कांग्रेस–माओवादीका २ सय ४९ सांसदले वैशाख १७ गते दर्ता गरेको महाअभियोगको सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले वैशाख २२ गते प्रधानन्यायाधीश कार्कीलाई काममा फर्काएको थियो । 
स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने गलत मनसायले सत्तारूढ दलका सांसदले कार्कीमाथि ‘महाअभियोगको तरबार झुड्याइरहेको’ भन्दै प्रतिपक्षी एमालेले प्रस्ताव फिर्ता नभएसम्म सदन सुचारु हुन नदिने अडान राखेपछि सत्तारूढ दल महाअभियोग फिर्ता लिन सहमत भएका थिए ।



लादेन कसरी मारिएका थिए ? पत्नी अमालले सुनाइन् त्यो रातको कहानी


'२ रुपैयाँ' को गीतमा निश्चल र स्वस्तिमाको ठुम्का !


निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काले पहिलो पटक एउटै गीतमा ठुम्का लगाएको फिल्म '२ रुपैयाँ' को लोक फ्लेभरको गीत सार्वजनिक भएको छ । 'कुटुमा कुटु' बोलको गीतमा राजनराज शिवाकोटीको शब्द-संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । लगातार हिट गीतहरु पस्किरहेका संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको यो गीतले पनि बजार पिट्न सक्ने अनुमान लगाउन सकिन्छ । 
असिम शाहले निर्देशन गरेको यो कमेडी फिल्ममा आशिफ र निश्चल मिल्ने साथी हुन्छन् । यी दुई मिल्ने साथीहरु यात्रामा निस्किँदा आइपर्ने समस्या र समस्याबाट उम्कन खोज्दा आइपर्ने अनेक समस्याको वरिपरी फिल्मको कथा घुमेको छ । 

फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । यो फिल्म अहिले सम्पादन टेवुलमा छ । ए जि टु वान प्रोडक्शन प्रा.ली.र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको फिल्म भदौ २३ गतेबाट अलनेपाल रिलिज हुने फाइनल भैसकेको छ । x

म्याग्देली छोराले पाएको एसियाको नोबेल पुरस्कार नै लिलामी

राष्ट्रिय आविस्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँ–नयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपटि उनले यस्तो जुक्ति निकालेका हुन् । ठमेलको मण्डला स्ट्रिटस्थित महावीर्स नेपाल कनेक्सन रेष्टुरेन्टमा उनका ५ वटा पदक बिहीबारदेखि प्रदर्शनीमा राखिएका छन् । एशियाकै नोबेल पुरस्कार मानिने फिलिपिन्सबाट प्राप्त रामोन म्यागसेसे पुरस्कार, नेपाल सरकारले दिएका दुईवटा राष्ट्रदीप पदक, अमेरिकाबाट प्राप्त इन्टरनेट हल अफ फ्रेम र नेब्रस्का विश्वविद्यालयले दिएको अनर ग्रयाजुएट पदक बेच्न लागिएको आजको नागरिक दैनिकमा खबर छ । पचास करोड रुपैयाँ लागतमा आविस्कार केन्द्र बनाउन उनले ९ महिनाअघि महादान अभियान चलाएका छन् । त्यसमा स्वतस्फुर्त देशविदेशबाट ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । म्याग्दी जिल्लाको जिल्लाको राम्चे गाविसस्थित नांगीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय रहेका छन् । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रको स्थापनामा प्रयोग गर्ने घोषणा समेत थिए । आफ्नो जन्मभूमीका शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका साथै बेतारे इन्टरनेटमार्फत जनतालाई सुचना र प्रविधिको विस्तार गरेका पुनले केन्द्रमार्फत विद्युत उत्पादनका लागि तत्काल ५० करोड संकलन गरी बाँकी बैंकको ऋणबाट विद्युतगृह निर्माण संगै केन्द्रले खोज तथा अनुसन्धानका कामलाई समेत निरन्तरता दिने बताउँदै आइरहेका पुनलाई रकम अभाव भएपछि आफ्ना निजी सम्पत्ती समेत विक्री गर्न थालेका छन् ।

प्रमुख दलको बैठक बालुवाटारमा, राजपाको मागबारे छलफल चल्दै

१४ जेठ, काठमाडौं । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम छन् भने कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका पनि शीर्ष नेताहरु सहभागी छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य पनि बैठकमा उपस्थित छन् । राजपाले उम्मेदवारी दर्तालाई अवरोध गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि दलहरुले छलफल तीव्र बनाएका छन् । शनिबार साँझ पनि चार दलको बैठक बसेको थियो । तर, राजपाको माग सम्बोधनबारे कुनै सहमति हुन सकेन । राजपाले स्थानीय तहको संख्या बृद्धि, दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने लगायतको माग अघि सारेको छ । २०७४ जेठ १४ गते १९:१६ मा प्रकाशित

भरतपुर महानगरको मतगणना ‘रोमाञ्चक मोडमा’, उपमेयरमा कांग्रेस उमेदवारको जित सुनिश्चित

२०७४ जेठ १४
भरतपुर । भरतपुर महानगरपालिकामा २ वटा वडाको मतगणना बाँकी रहँदा परिणाम झनै रोमाञ्चक बन्दै गएको छ । तीनवटा वडामध्ये २१ नम्बर वडामा नेकपा माओवादी केन्द्रकी उमेदवार रेणु दाहाललाई सोचेभन्दा बढी मत प्राप्त भएपछि कसले बाजी मार्ला भन्ने आकलन गर्न झनै गाह्रो भएको हो । २१ नम्बर वडामा नेपाली कांग्रेसका करिब ९० प्रतिशत कार्यकर्ताले दाहाललाई मतदान गरेको पाइएको छ । जबकी यसअघि यस्तो कुनै पनि वडामा पाइएको थिएन । त्यसले गर्दा दाहालले एमालेका उमेदवार देवी ज्ञवालीसँगको मतान्तर पनि घटाएकी छन् । “अहिलेसम्म पनि २१ नम्बर वडाले झनै कौतुहलता बनायो,” मतगणनास्थलमा रहेका एक स्थानीय पत्रकारले बाह्रखरीसँगको कुराकानीमा भने,“अब झन के हुन्छ भनेर भन्नै समस्या छ ।” उनका अनुसार अहिले गणना सकिएको २१ नम्बर वडामा नेकपा एमालेले दाहालसँगै बराबर मत आउने या बढी आए दाहालले ५० मत बढी ल्याउने आकलन गरेका थिए । तर रेणुले ३६२ मत बढी ल्याइन् । हुनत उनलाई यो वडामा ३८२ मत आवश्यकता थियो । तर पनि बाँकी रहेका २ वडाबाट दाहालले त्यो मत कभर गर्न सक्ने आकलन उनको छ । सबै वडामा त्यसैगरी ल्याएको भए दाहालको जित सुनिश्चित हुने उनले ठोकुवा गरे । यही आधारमा बाँकी दुईवटा वडामा खस्यो भने रेणुको जित सुनिश्चित हुने नभए एमाले उमेदवार ज्ञवाली विजयी हुनेछन् । अहिलेसम्म एमालेका उमेदवार ज्ञवालीले ७८४ मतले अग्रता कायमै राखेका छन् । अब १९ नम्बर वडामा २८६० र २० नम्बर वडामा ३३०२ मत गन्न बाँकी छ । यी दुई वडा पनि कांग्रेसको पकड क्षेत्र मानिन्छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ को मतगणना हुँदा मेयरमा ३८३६ मतको फरक थियो । सबैभन्दा बढी फरक यही हो । सबैभन्दा कम भने अहिले नै हो, जुन ७८४ छ । १३, १४, १५, २५ मा दाहालले राम्रो मत प्राप्त गरेकी थिइन् भने बाँकी वडामा ज्ञवालीले अग्रता कायमै राखेका थिए । २९ वटा वडा रहेको भरतपुरमहानरमा १ लाख १२ हजार ७४१ मत खसेको छ । मेयरमा अहिलेसम्म ज्ञवालीले ४०९८० मत प्राप्त गरेका छन् भने दाहालले ४०१९६ मत प्राप्त गरेकी छन् । उपमेयरमा भने नेपाली कांग्रेसकी उमेदवार पार्वती शाहको जित सुनिश्चित भएको छ । उनले अहिलेसम्म ४४०७९ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी दिव्या शर्माले ३७६८० मत प्राप्त गरेकी छन् । अब ६१६२ मत गन्न बाँकी छ ।

केशव स्थापितको महानगर चुनाव अनुभवः केपी ओली म भन्दा पनि ‘भूत’ रहेछन् 'विद्या सुन्दरलाई सफल बनाउन लाग्छु, काठमाडौं स्मार्ट सिटी हुनेछ'

केशव स्थापितको महानगर चुनाव अनुभवः केपी ओली म भन्दा पनि ‘भूत’ रहेछन् 'विद्या सुन्दरलाई सफल बनाउन लाग्छु, काठमाडौं स्मार्ट सिटी हुनेछ' १४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले फराकिलो मतान्तरसहित जित हासिल गरेपछि निर्वाचनपूर्व सोही पार्टीबाट अर्का बलिया प्रत्यासी मानिएका केशव स्थापित सबैभन्दा खुशी छन् । विद्यासुन्दरको चुनावी सारथी बनेका काठमाडौंका पूर्व मेयर स्थापितले चुनावअघि आफूले तयार पारेको स्मार्ट सिटीको नक्सा अब महानगरको साझा सम्पत्ति भएको समेत बताएका छन् । निर्वाचनपूर्व उनले भनेकै थिए, ‘१८ देखि २० हजार मतले एमाले जित्नेछ ।’ उनी तिनै व्यक्ति हुन्, जसले अहिलेको भन्दा आधा मतदाता भएको ०५४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट ८३ हजार ८ सय मतका साथ जित हासिल गरेका थिए । त्यो बेला स्थापितले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनमोहन भट्टराईलाई उनले ४० हजारको फराकिलो अन्तरमा जितेका थिए । ‘मान्छेहरुलाई परिणाममा एमाले फराकिलो भोटले जितेको सुन्न त रमाइलो भयो होला, तर यो परिणामका लागि कुन दुःख भयो, त्यो हामीलाई मात्र थाहा छ’, स्थापितले अनलाइनखबरसँग भने, ‘त्यसैले मलाई लागिरहेको छ, यत्तिका भोट ल्याएर विद्यासुन्दर हैन, म आफैँ जितिरहेको छु, आनन्द लागेको छ ।’ काठमाडौंमा एमालेले पाइलैपिच्छे चुनौती सामना गर्नुपरेको उनले सुनाए । पवित्र बज्राचार्य, सुभानकुमार श्रेष्ठजस्ता काठमाडौं एमालेका रैथाने हस्ती तथा विद्यासुन्दरका समकक्षी वडाध्यक्षहरु संघीय समाजवादीबाट चुनावमा उठेका थिए । स्थापितले भने-उनीहरु जहाँ-जहाँका बासिन्दा हुन्, एमालेको भोट बैंक त्यहीँ-त्यहीँ । त्यसमध्ये सुभानसँग खासै भोट थिएन । तर, हामीले त्यहाँभित्र धेरै मेहनत गर्नुपर्‍यो । संघीय र नयाँशक्तिका साझा उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौंबासीले पहिचान बुझ्न नसकेको भन्दै आफूले थोरै मत पाएकोमा असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर स्थापितले पवित्रले पाएको भोटप्रति आश्चर्य व्यक्त गरेका छन् । ‘संगठनका दृष्टिले काठमाडौंमा एमाले अस्तव्यस्त छ भनिन्थ्यो । विगतको तुलनामा हेर्दो हो पनि रहेछ । तर, एमाले त गुटको कारणले मात्र यताउति भएको रहेछ, संगठनचाहिँ जहाँतहीँ उस्तै, उत्तिकै थियो’ उनले भने । एमालेले चुनावमा गुट बिर्सिएका कारण अहिलेको परिणाम सम्भव भएको उनले दाबी गरे । उनले भने, ‘शंकर पोखरेलसहित म, कृष्णगोपाल, जीवनराम श्रेष्ठ , सानु श्रेष्ठ, विद्यासुन्दर सबै एकैचोटि भोट माग्न हिँडेको देख्दा मान्छेहरुले चकित खाए । त्यसमाथि संघीय समाजवादीको केन्द्रीय सदस्य छोडेर सानुराजा शाक्य आइदिएपछि कुरा काट्नेहरुको मुखै बन्द ।’ काठमाडौंमा एमालेको बिगि्रएका केही ठाउँहरु बनाउँदै र नयाँ बनेका ठाउँहरु सुरक्षित गर्दै अघि बढ्ने रणनीति प्रयोग गरिएको उनले बताए । यी सबै कामका लागि पार्टी अध्यक्ष केपी ओलीको निरन्तरको चासो र जिज्ञासा मुख्य आधार बनेको उनले बताए । स्थापितले भने, ‘म आफूलाई चुनावको भूत मान्थेँ, रातदिन नभनी खट्ने । म भन्दा भूत त केपी कमरेड पो हुनुहुँदोरहेछ, बिहानै सोध्या छ, दिउँसै सोध्या छ, राति पनि सोध्या छ, सुत्ने बेलामा पनि ए केशव कहाँ भनेर फोन गर्न भ्याएकै छन् ।’ टेलिफोन कुराकानी भइरहँदा विजय सभामा जान हतारिएका उनले भने-अब हामीले गर्ने भनी घोषणा गरेका कामहरु योजनाबद्ध रुपमा हुन्छन् । सबै काममा म आफैँ पनि लागेर विद्यासुन्दरलाई सफल बनाउनुछ ।’