Wednesday, May 31, 2017

अायाे असार १४ को निर्वाचन तालिका

१७ जेठ, काठमाडौं ।
निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही अनुसार कार्यतालिका परिमार्जन गरी सार्वजनिक गरेको हो ।
आयोगले अव असार २ गते उम्मेदवार मनोनयन गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको हो ।
यस्तो छ आयोगको  विज्ञप्ती:
मिति २०७४।०२।१७ 
काठमाडौं, जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको आज बुधबार बसेको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो । 
प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने छ । 
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो । 
दोस्रो चरणको स्थानीय तह निर्वाचनको विस्तृत निर्वाचन कार्यक्रम यसैसाथ संलग्न छ ।

No comments:

Post a Comment