Monday, May 29, 2017

पोइल गएकी श्रीमतीलाई पत्र (अडियो सहित )

पोइल गएकी श्रीमतीलाई पत्र

हरि प्रसाद अर्याल काठमान्डौ नेपाल हाल : -साउथ कोरिया

 (काल्पनिक पत्र कसैको वास्तविक जिबन संग मेल खान पुगेमा त्यो केवल मात्र संयोग हुनेछ)

 निष्ठुरी पूर्व श्रीमती
          सम्बोधन गर्ने शब्द धेरै थिए तर तिमीलाई ति शब्दले सम्बोधन गरिराख्नु जरुर ठानेन पत्र नलेखी नहुने भएर मात्र लेख्दैछु | सन्चो बिसन्चोको कुरा त अब के सोधाई भो , अनि मेरो हालत यस्तो उस्तो छ भनेर भनु भने तिमीलाई सुन्ने फुर्सद मिल्दैन होला | आजका दिन सम्म त बाचेकै छु पलपल मरेर दुनियाको मुख बाट नामर्दको बिल्ला भिरेर | एउटी आइमाई समाल्न नसक्ने हुतिहारा नामर्द यस्तै गाइगुइ छ गाउमा | लाग्छ अब यो बस्तिनै मायाको उपहार सम्झेर त्यागेर नया दुनियामा बसी सरु , जहाँ मलाई नाचिनुनकी नामर्द भनेर | वास्तबमा एउटी नारीलाई फ्री छोडिदियो भने कि त त्यसले राम्रो काम गरेर नाम कमाउछे कि त कामै नलाग्ने गरि बिग्रदो रैछ भनेर भनु भने नारी जातिलाई नै अपमान गरेको ठहर्नेछ ,तिमि एक पर्तिनिधी पात्रमात्र होउ जो आफ्नो देवता जस्तो श्रीमानलाई लत्यायर जाने | आज मा जस्ता हजारौ पतिहरु नामर्दको बिल्ला भिर्न बाध्यछन् |एकपटक सम्झिन मन लाग्यो त्यो पल जतिबेला हामी कलेजमा पहिले पटक भेट भएका थियो | समय बित्दैजादा हामी साथीबाट धेरै माथि प्रेमी -प्रेमिका भयौ | बिहे गर्ने बेलै भाको थिएँन तिम्रै करकापले बिहे भो ,कारण थियो घरमा तिमीलाई कतारको लाहुरे संग बिहे गरिदिने पक्का पक्कि | त्यो बेला मैले भनेकै थिए म गरिब छु जे पनि हुन सक्छ ,भोलि तिमी पछुताउन नपरोस | तिमि १८ बर्षे बैशले पग्लेकी थिएउ या मेरो मायामा पागल भै बाबा आमाले रोजेकोलाई छोडी म संग घरबार जोडेउ | भनेकै हो भोलि गार्हो सार्हो पर्यो भने छोड्न पाउदैनौ | बाग्लुङ्ग कालिकालाई साची राखी लगनगाठो कसी जुनी जुनी साथ दिने बाचालाइ आज बोरामा हालेर नालीमा मिल्कायौ | दिन राम्रै संग बितेको थियो तिम्रो हरेक चाहना पुरा गरेकै थिए भौतिक देखि शारीरिक सम्म | बिहे भाको ५साल सम्म नि तिमि नानीको आमा हुन सकेनौ म बाबु हुन सकेन सबै चेकजाझ पछि थाहा भो म बाउ बन्न नसक्ने रहेछु | त्यो दिन नै मेरो मनको धरहरा ढलेको थियो ,म कहिलै उठ्ने नसक्ने गरि लडे, छाँगा बाट खसे ,आकाश खस्यो मलाई थिच्यो ,दलदलमा भासिए निस्कन नसक्ने गरि | लाग्थ्यो धमिराले खोक्रो परिसकेरैछ | आखा जुधाएर तिमीलाई हेर्न सक्ने हिम्मत आएन | सोचे मेरो जिन्दगि सकियो अब म बाट तिमीले कुनै सुख प्राप्त गर्न सक्दैनौ ,हरेक आइमाईलाई आमा बन्न मन लाग्छ त्यो खुबी मैले दिन सकेन, मेरो दोस के नै थियो र भगवानले नै मेरो खुसि हरे पछि | नुन खाएको कुखुरा जस्तै झोक्रिनबाहेक अरु केहि छैन ,मेरो अब कामै छैन | युद्दको मैदान छोडे झैँ भयो | पत्रपत्रिका टेलिभिजन रेडियोले फुक्ने बिज्ञापन सुने सम्म को ठाउमा धाए कतै भएन | जाय जेथा सकियो तर म बाउ बन्न सकेन |

        अन्त्यमा तिम्रै आदेश अनुसार मा विदेश भासिए बाउ बन्न खोज्दा लागेको ऋण तिर्नको लागि | हो पूर्व पत्नी तिम्रै सल्लाह अनुसार त मा दुवै को चर्को घाम खान गए | बाउ बन्न नसके पनि म मा रहेको बैशलाई कैद गर्दै दुबैको गर्मि खादै तिमीलाई सम्झिदै दिन बिताए | कति रात नदिदाई उज्याला पारे | जवानी पत्नी छोडेर परदेशी हुने रहर कसैको हुदैन के गर्ने मायाले पेट भरिने रैनछ | एकातिर तिमीले मेरा कारण पाएका दुख सम्झिदा आफैलाई दिक्क लाग्थ्यो | बाउआमाको किचकिच बाझी आइमाई भनेर तिमीलाई देख्दा साइत पर्दैन भन्ने देखि धेरै टाढा पोखरामा डेरा लिएर राख्नु नै मेरो भुल रैछ अहिले महसुस गर्दैछु पूर्व पत्नी |तिमि पोखराको हावापानीमा रमाउन थालिछौ म चै टेस्टट्युब बेबीको सोचाइमा हराए | मलाइ तिमि खुसि भाको हेर्नु थियो दिनरात ,घामपानी नभनी पैसा कमाउन थाले सपना थियो तिमीलाई गाउमा बाझी भन्ने हरुलाई मेख मारिदिने | बाझोपन कसको हो भन्ने नबुझी तिमीलाई आरोप लगाउनेलाई के थाह तिमि आमा बन्न सक्छौ म बाउ बन्दैन भन्ने | तिमि आफैले स्विकार गरि मेरो इज्जेत ढाकि दिदा मुटुमा धेरै चोट लागेको थियो |मैले चाहेर पनि भन्न सकिन त्यो नै ठुलो भुल भयो | दिन सदै एकै नास नहुने रैछ पूर्व पत्नी मेरो सपना गर्बमै तुहिन पुगे |मलाई के थाहा पोखराले मेरो घरबार भत्काइदेला भन्ने |गाइगुइ हल्ला चल्न थालेछ कि फलानी को चक्कर छ नाठो झुलाउछे रे ,तर म रे'को पछि लागेंन | त्यो सुन्दा तिमीलाई शंका नगरेको होइन एकातिर जवानी अर्कोतिर बाझो पोइको जोइ हुनुभन्दा पोइला जानु बेस ठानी यस्ता यस्तै | मेरो कमाइमा अर्कैलाई मस्ती भएछ |मेरो नामको चुरा पोते सिन्दुर भिरेर अर्कै संग रासलीला मच्चिदै रैछ | जब घरबेटी बाजेले सबै कुरा फोनमा भने आजै बिहान भागेर गई यस्तो खबरले चर्को घाममै ढल्न पुगेछु | तिमीले अन्तै घरबार जोडेको सुन्दा ,होस् आउदा दुबैको अस्पतालमा थिए ,लाग्थ्यो अब सुसाइड गर्छु अनि काठको बाकासमा जान्छु |तर सकेन म बाच्ने निर्णय गरे तर कसका लागि त्यो थाहा भएन |डिप्रेशनको शिकार भै औसधिको साहारामा पागल सम्म भएन |लाग्थ्यो नेपाल जान्छु अनि तिमि र मेरो घर भत्काउने लाइ काटेर नालीमा फ्याकिदिन्छु |मनमा इगो थियो बदलाको भावना उत्तिकै |त्यो दिन तिमीले दोश्रो बिहे गरि हनिमून मनाउना गाको खबर सुन्दा कति जले म, मरे तुल्य भै |कति पटक फोन गरे कि यो झुट साबित होस् भनेर मोबाइल स्विच अफ फेश्बुक हेरे पास्वोर्ड चेन्ज मलाई ब्लक गरि रैछौ | पूर्व पत्नी मैले त्येतिबेला सोचे अब खाडीमा जीवन कसका लागि बिताउ नत अर्को बिहे गरेर बाउ हुन सक्छु नत पैसा कमाइ खुसि किन्न सक्छु |
      नेपाल हानिए ,म खासमा तिमि अनि त्यो जार भनाउदो लै छप्काउने योजना बनाई | पोखराका गल्लि गल्लि हल्ली हल्ली हिडे सधै नशाको साथमा मुन्छे हरु मलाई पागल भन्थे |गाउको एक जना भाइ संग भेट भो जसलाई तिमीले मेरो नामको सिन्दुर टिका पोते अनि सानो पत्र छोडेर गाकी रैछौ |त्यी भाइको साहारामा मैले तिमि र मेरो जार बस्ने डेरा पत्ता लगाए | हो पूर्व पत्नी म संग साथमा खुकुरी थियो तिमीहरुलाई सिद्धाइदिन गाको थिए | सम्झे मन ज्यान टाढा भएपछी मन टाढा हुँने मा मात्रै छैन धेरै छन् म जस्ता जो आफु मैनबत्ती झैँ पग्लेर अरुलाई उज्यालो दिएकाछन | मर्छु या मार्छुको खेलमा हिडेको मान्छे अफसोच तिमिलाइ आक्रमण गर्न सकेन जुन खुसि मा बाट पुन सकेकी थिएनौ त्यो अर्कै बाट पाकी रैछौ | तिम्रो पेटमा उसको नासो हुर्किदै रैछ तर पनि तिम्रो मन खसी थिएन | मैले बुझेको थिए केवल सन्तानको लागी खुसि भएको नाटक थियो किनकि म बुझ्छु मैले तिमि संग ५ साल बिताएको छु ,तिमीले आ गरे आलंकार बुझ्न सक्छु |तिमीलाई देखे पछि दया लागेर आयो जो संग नया घर जोड्न पुगेउ त्यो मान्छेको वास्तविकता सुनेर |दिनहू झगडा, तिम्रा अनुहारका निलडाम मा सहन सकेन |पूर्व पत्नी त्यो देख्दा मलाई फेरी अंगालो हाली रुन मन लागेको थियो | अनुहार मा रस थियन सबै गुमिसकेछ रस चुसेर भमरा डिस्को र डान्स बारका केटि खेलाउने मेरो जारलाई परमधाम पुराउने चाहना थियो तर तिमीलाई बिधवा को रुपमा देख्न चाहेन | पूर्व पत्नी केहि समय मलाई कुर्न सकिनौ बिछोडको पल सहन नसकी प्रेम बिबाहलाइ लात हानी हिडेउ | भन न के अहिले त्यो संग खुसि छेउ? एउटा ढुंगाको मुर्तिलाई भगवान ठानी हजार कोपिला हरु चुडिदिएउ |तिम्रा लागि के गरेन मैले पूर्व पत्नी बा आम त्यागे जवानी खाडिमै सके अन्त्यमा मलाई आशु उपहार दिएउ ,गाउभरि एउटी आइमाइ लाइ समाल्न नसक्ने नामर्द भन्ने हल्ला छ | अहिले मुख मा मास्क लगाई कानमा ठेडी हाली गाउमै दिन काटेको छु अब चाहना छैन पूर्व पत्नी दोस्रो बिहे गरि टेस्ट ट्युब बेबीको |
        अन्त्यमा भिरमा जाने गाइ लाइ राम राम भन्न सकिन्छ काध हाल्न सकिने रैनछ ,र छाती ठोकेर भन्न सक्छु मेरो जस्तो चोखो माया गर्ने पति यो संसारमा पाउने छैनौ | पूर्व पत्नी तिम्रा बाकि दिन हरु सहज हून ,जो संग खुसि हुन गएकी छौ उसलाई कसरि हुन्छ आफ्नो बहुपासमा राख्नु साढे छोडेको बर गोरुझैँ नबनाऊ | त्यो स्त्री लम्पट छ उसलाई भरपुर शारीरिक सुख दिनु अन्यथा घर न घाटको हुन पर्ला |म अझै पनि तिमीलाई दोष दिन्न दोषी त मेरै कर्म हो पूर्व पत्नी अनि दोषी हो नेपाल सरकार र चोर नेताहरु जसले म जस्ता लाखौ युवालाई बिदेश जान बाध्य पारेको छ र रेमिट्यान्सले देश धानी हजारौको घरबार भत्काइदेकोछ | म बाउ बन्न सक्ने भाको भए यो सब हुने थिएन |

                                                                                           उही तिम्रो पूर्व पति हरि प्रसाद अर्याल

अडियोको लागि यहाँ क्लिक गर्नुहोस 



No comments:

Post a Comment