Wednesday, May 31, 2017

पर्दामा दीपेन्द्र र देवयानीको प्रेमकथा, प्रदीप बन्नेछन् दीपेन्द्र

पूर्वराजा दीपेन्द्र शाह र देवयानी राणाको प्रेमकथा धेरथोर सबैलाई थाहा छ । एक समय उनीहरुको प्रेमले राजदरवारमा समेत ठूलो भूकम्प ल्याएको थियो । यति सम्मकी दीपेन्द्रको विवाह देवयानीसँग गर्न राजपरिवार तयार नभएपछि उनले दरबार हत्याकाण्ड मच्चाएको खबर पनि यसअघि बाहिर आइसकेको छ । तर, यसको यर्थाथ भने अहिलेसम्म सार्वजनिक भएको छैन् । विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्रलाई नेपालको १३ औं राजा घोषणा गरिएको थियो । तर, राजा घोषणा गरिएको तेस्रो दिनमा नै उनलाई मृत घोषणा गरियो । योसँग उनको प्रेमकथाको भित्री पाटो पनि बाहिर आउन पाएन । विभिन्न पुस्तक र लेखहरुमा राजा दीपेन्द्र र देवयानीको प्रेम प्रशंगलाई धेरथोर कोट्याइएको छ । तर, अब दीपेन्द्रं शाह र देवयानी राणाको प्रेमकथामा आधारित भएर नेपाली फिल्म नै निर्माण हुने भएको छ । 
 
विवेक कुमार शाह द्धारा लिखित पुस्तक 'मैले लेखेको दरवार' मा कोरिएको राजा दीपेन्द्र र देवयानी राणाको प्रेमकथाको पाटोमा आधारित भएर फिल्म 'दीपेन्द्र सरकार' बन्ने लागेको हो । यो फिल्ममा पूर्वराजा दीपेन्द्रं शाह र उनकी प्रेमिका देवयानी राणाको प्रेम प्रशंगलाई मात्र जोडिनेछ । यो फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरियो । ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा 'प्रेमगीत' नायक प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाहा गर्नेछन् । निर्माता सन्तोष सेनले दीपेन्द्रको प्रेमकथालाई नै आधार बनाएर फिल्म बनाउन लागेको बताए । यो फिल्मको बजेट ५ करोड ५० लाख रहने बताइएको छ ।
 
यो फिल्मको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो फिल्मका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ बन्न लागेको नायक प्रदिप खड्काले निर्माण टिमको निर्देशन अनुसार आफू पात्रको भूमिकामा ढल्ने बताए । कार्यक्रममा राजाको भेषमा पुगेका प्रदिपले फिल्मका लागि आफू मोटाउने बताएका छन् । दीपेन्द्र केही मोटा रहेकाले पनि प्रदिपले उनकै जीउडालमा आफूलाई ढाल्ने निर्माणपक्षको भनाई छ । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको फिल्म बनाइनेछ । देवयानीसँग प्रेममा रहँदा राजा दीपेन्द्रले लेखेका गीतहरु नै फिल्ममा समावेश गरिनेछ । 
 
राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रको ३ जुन, २००१ मा २९ बर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, राप्रपाका नेता अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् देवयानी । १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।

No comments:

Post a Comment